भरतपुर – डेंगी रोगप्रति सतर्कता अपनाउन भरतपुर अस्पतालले आग्रह गरेको छ ।
अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै बिरामीको संख्या न्यून रहेपनि चितवन र वरपर जुनसुकै बेला डेंगीले प्रकोपको रुप लिनसक्ने उल्लेख गरिएको छ ।



डेंगी संक्रमित फेला परेको अवस्थामा तत्कालै उक्त स्थान आसपासमा रोग फैलिन नदिन स्थानिय टोल सुधार समिति, स्वास्थ्य स्वयंसेविकाहरु तथा वडा कार्यालय एवं स्थानिय तहहरुलाई ध्यान दिन भरतपुर अस्पतालले आग्रह गरेको छ ।
लामखुट्टेको टोकाईबाट बच्न, पुरा शरिर र हात खुट्टा छोप्ने गरि कपडा लगाउने, झुल भित्र सुत्ने, झ्याल ढोकामा जालि लगाउने, घर वरिपरि पानी जम्मा हुने खाडलहरु पुर्ने, गमला, थोत्रा ट्रायरहरु, फालिएका टिन एवं प्लाष्टिकको बोतलका पानि फाल्ने, झाडी र बुट्यान सफा गर्ने, पानी ट्याङकीलाई ढाकेर राख्ने र लामखुट्टे प्रवेश गर्न नदिने, ४० कुलरमा रहेको पानीमा प्रत्येक हप्ता १ र २ चम्चा मट्टितेल हाल्ने, जम्मा भएको पानी फेर्ने र ५० घरपालुवा जनावरहरु घर देखि टाढा व्यवस्थित तरिकाले पाल्ने भरतपुर अस्पतालका प्रवक्ता डा. गोविन्द कंडेलले बताए ।