पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

एटुजेड समाचार

काठमाडौं-  नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास सन्यास लिएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेसँगै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताए ।

उनले सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका थिए ।

उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डविरुद्ध नेपालको जर्सीमा अन्तिम खेल खेले । सन् २००९ मा पारस खड्काको कप्तानीमा उनी १० वर्षसम्म उपकप्तानको भूमिकामा रहे ।

२०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएसँगै ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाए । उनी २०७८ मंसिरसँग नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान बने ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू