चितवन – आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि चितवनका विद्यालयमा पठपाठन रोकिएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयमा आँखा पाक्ने रोगको संक्रमण अत्यधिक हुन थालेपछि दुई दिन विद्यालय बिदा गरिएको हो ।
नगर शिक्षा अधिकारी राजु बानियाँले एक सूचना जारी गर्दै साउन २१ र २२ गते विद्यालय बन्द गराउन भनिएको छ । संस्थागत विद्यालय तथा कलेजहरुमा विद्यार्थीहरुमा आँखा पाक्ने समस्या देखिदै गएको जानकारी आएकाले तत्काललाई दुई दिन बिदा दिइएको नगर शिक्षा अधिकारि बानियाँले बताए।