विविध कार्यक्रम गरि राइट एण्ड एसोसिएट्सले मनायो २३औं वार्षिकोत्सब

एटुजेड समाचार

चितवन – शैक्षिक परामर्श व्यबसायी सस्था राइट एण्ड एसोसिएट्स स्थापनाको २३औं वर्ष प्रवेश गरेको छ । सोही अवसरमा सस्थाले विविध कार्यक्रमको आयोजना गरि आफ्नो २३औं वार्षिकोत्सब मनाइरहेको छ।

3rd अगष्ट अर्थात् श्रावण १८ गते देशभरी रहेका शाखाहरुले आफ्ना विद्यार्थीहरुसँग पिकनिक जाने, सामाजिक व्यक्तित्वहरुलाइ सम्मान गर्ने लगायतका विविध रचनात्मक कार्यक्रम गरि वार्षिकोत्सब मनाएको हो ।

वार्षिकोत्सबकै अवसरमा देशमा रहेका शाखाहरु मध्ये केही शाखाले ब्लड डोनेसन एवम स्टेशनरी सामान बितरण गर्ने कार्यक्रमको आयोजना गरेका थिए भने चितवन, बुटवल र पोखराले स्कुलमा अध्ययनरत छात्राहरुको इमर्जेन्सीलाई मध्यनजर गरि स्थानिय स्कुलहरुमा सेनेटरी प्याड डिस्पेन्सर बितरण गर्ने कार्यक्रम गरेको राइट एण्ड एसोसिएट्स चितवनका प्रमुख देवेन्द्र राज रेग्मिले बताए ।

विशेषगरि अध्ययनका लागि एब्रोड जान चाहने विद्यार्थीहरुलाइ शैक्षिक परामर्श दिने उदेश्यले सन २००१ मा काठमाडौंबाट आफ्नो सेवा शुरु गरेको राइट एण्ड एसोसिएट्सले हाल नेपाल र अष्ट्रेलिया दुई देशका ११ वटा शाखाबाट आफ्नो सेवा दिइरहेको छ भने हालसम्म १८ हजार भन्दा बढी विद्यार्थीहरुले यस सस्थाबाट शैक्षिक परामर्श सेवा लिइसकेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू