काठमाडौं- कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।
सरकार गठनका लागि दाबी गर्न आवश्यक संख्या नपुग्ने भएपछि मंगलबार दिउँसो गौतमले सभामुख पदबाट राजीनामा दिएका हुन् । सभामुख गौतमले इमेलमार्फत उपसभामुखलाई राजीनामा पठाएका हुन् ।
एमाले हिक्मत कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेशसभा प्रमुख परशुराम खापुङले आह्वान गरे ।
सो क्रममा कांग्रेसका थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दा सभामुख गौतमले हस्ताक्षर गरे । सोविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वोच्च अदालत पुगेका थिए ।
उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकार बनाउन सभामुखको हस्ताक्षरलाई वैधता नदिएपछि थापाको सरकार नै ढलेका थियो ।