प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित

एटुजेड समाचार

काठमाडौं – प्रतिनिधिसभा बैठक साउन २२ गते सोमबारसम्मका लागि स्थगित भएको छ। मंगलबार दिउँसो १ बजे बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेपछि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा नेकपा एमालले अवरोध जनाउने बताएपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको बताइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू