नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान सहमत मन्त्री र उपसभामुख पाउने
काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान सहमत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा सोमबार र मंगलबार गरी दुई पटक बालुवाटारमा बसेको मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीबीचको छलफलपछि सो पार्टी सरकार जान सहमत भएको हो ।
कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएकाले नाउपा सरकारमा सहभागी हुने भएको हो ।
सुदूरपश्चिम प्रदेश सभामा अहिले चार वटा संसदीय समिति छन्। अब केही समिति दुई वटाको नेतृत्व नाउपालाई दिने सहमति भएको हो।
एक साताअघि नै नागरिक उन्मुक्ति सरकारमा सहभागी हुने भनेर प्रदेश संसदीय दलले निर्णय गरेर नामसमेत टुंग्याएको थियो।तर, सहमति कार्यान्वयन नहुने देखेपछि केन्द्रले सहभागी नहुने बताएपछि शपथ रोकिएको थियो। मंगलबारको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, मुख्यमन्त्री कमल शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी थिए।
तपाइँको प्रतिक्रिया