सुनको मूल्य तोलाको १ लाख १३ हजार पुग्यो

काठमाडौं – नेपाली बजारमा सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ४ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ पुगेको हो।
तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ। सुनको मूल्य बढेसँग चाँदी पनि बढेको छ।
आज चाँदी प्रतितोला १४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला १४५० रुपैयाँ पुगेको थियो।
तपाइँको प्रतिक्रिया