काठमाडौं । आज संवैधानिक परिषद् बैठक बोलाइएको छ ।
प्रधानन्यायाधीशको नाम सिफारिसका लागि परिषद्को बैठक अपराह्न ४ बजेका लागि आह्वान भएको हो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी रहेको छ ।
उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।
यसअघि बैठक बोलाउन दबाब दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दबाब दिएका थिए ।