राजनीतिलाई दूषित बनाउनु हुन्न : अध्यक्ष ओली

एटुजेड समाचार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दूषित गर्न नहुने बताएका छन्।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित युगदूत विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सबै नीतिहरूको मुहान राजनीति भएकाले यसलाई दूषित गर्न नहुने बताए।

राजनीतिमा लागेका केही व्यक्ति खराब हुनसक्ने भए पनि समग्र राजनीतिलाई नै खराब भन्न नमिल्ने उनले बताए। ओलीले सुन्दर र आधुनिक भविष्य निर्माण गर्न द्रूत गतिले अघि बढ्नुपर्ने र समाजको विकास गर्नुपर्ने जिकिर गरे।

उनले अब मुलुकमा ३३ प्रतिशत महिला सहभागीताको लडाइँ सकिएको र त्यसभन्दा बढी बढ्नुपर्ने उल्लेख गरे। उनले अन्य धेरै विकासित देशमा ३३ प्रतिशत सहभागीता पुराउन अझै बाँकी रहेको बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू