सुन प्रकरणको छिनोफानो नभएसम्म संसद चल्न नदिने ओलीको अडान
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि संसद् अवरोध गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलले ठोस निष्कर्ष दिन नसकेको भन्दै एमालेले आज संसद् चल्न नदिने भएको हो।
‘सुन प्रकरणको छानबिन नभएसम्म सदनको अवरोध कायमै रहने एमाले प्रमुख सचेतक पदम गिरीले बताए । उनले भने, ‘अध्यक्षज्यूले प्रधानमन्त्रीलाई सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ । त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ भन्ने कुरा राख्नुभयो थियो । तर, उहाँबाट स्पष्ट जवाफ आएर समिति गठनको लागि पनि आनाकानी गर्नुभयो ।’
तपाइँको प्रतिक्रिया