प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटावार्ता भएको हो ।
संसदमा एमालेले गरिरहेको अवरोध, संवैधानिक निकायमा नियुक्ति र समसामयिक विषयमा दुई नेताविच कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा ओलीले प्रधानन्यायाधीशको नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउन आग्रह गरेको बताइएको छ । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकासमा जाँदैछन् ।
ओलीले सुन तस्करी प्रकरणमा सरकारले गरिएको अनुसन्धानका विषयमा पनि चासो प्रकट गरेको बताइएको छ । एमालेले सुन तस्करी प्रकरणमा सरकारले जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ । एमालेले साउन दश गतेको प्रतिनिधि सभा अवरुद्ध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक सोमबारलाई तय भएको छ ।
तपाइँको प्रतिक्रिया