लेदो सहितको पहिरो खस्दा नारायणगढ -मुग्लिङ सडक अवरुद्ध

चितवन – लेदो सहितको पहिरो खसेका कारण नारायणगढ- मुग्लिङ सडक अवरुद्ध भएको छ । बिहान ९ बजेको समयमा इच्छाकामना गाउँपालिका ६ कालिखोलामा लेदो सहितको पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरिका अनुसार पहिरो पन्छाएर राजमार्ग खुलाउन केही लाग्न सक्छ । सो क्षेत्रमा अहिले पनि वर्षा भैरहेको र लेदो झर्ने क्रम नरोकिएको उनले बताए।
तपाइँको प्रतिक्रिया