मेट्स इन्टरनेशनल चितवनको सुविधा सम्पन्न नयाँ कार्यालय उद्घाटन

एटुजेड समाचार

चितवन – चितवनको सहिदचोक नारायणगढमा रहेको मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसले सुविधा सम्पन्न नयाँ कार्यालयको उद्घाटन गरेको छ । बैदेशिक शिक्षा, सम्बन्धी परामर्श र प्रकृयाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आईरहेको मेट्स इन्टरनेशनल एजुकेशन चितवन शाखाले आज (शुक्रबार) सुविधा सम्पन्न नयाँ कार्यालय उद्घाटन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवम् मेट्स इन्टरनेशनलका प्रवन्ध निर्देशक प्रकाश पाण्डेले रिबन काटेर कार्यालयको उद्द्घाटन गरेका हुन् ।
कार्यलयको उद्घाटन गर्दै उनले सेवाहरुलाई प्रभावकारी बनाउन र अत्याधुनिक टेक्नोलोजीका साथ विद्यार्थीहरुलाई शान्त वातावरणमा अध्यापन गर्ने, उचित वातावरण सिर्जना गर्न संस्थाको कार्यालयलाई ठूलो र थप व्यवस्थित बनाईएको बताए । सुविधा सम्पन्न नयाँ कार्यालय सन्चालन भएसंगै पढ्न आउने विद्यार्थीहरुलाई थप सहज हुने उनको भनाई छ ।

संस्थाले विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श दिनुका साथै, गुणस्तरीय भाषा परिक्षा तयारी कक्षा [ IELTS र PTE ] संचालन गर्दै आएको छ। चितवनमा बिगत १५ बर्ष अगाडी स्थापना भएको शैक्षिक परामर्श संस्था जसले स्थापना कालदेखि नै वैदेशिक शिक्षाका लागि विद्यार्थी तथा अभिभावकहरुलाई सत्य तथ्य परामर्श दिदै आइरहेको छ।

वि .स २०६४ सालमा काठमाडौंको पुतलि सडकमा मुख्य कार्यालय स्थापना गरि आफ्नो सेवा शुुभारम्भ गरेको यस एजुकेशनले चितवनमा २०६५ साल भाद्र २१ गते विधिवत रुपमा पहिलो शाखा चितवनमा स्थापना गरेको थियो।

शुरूवातमा अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि परामर्श दिदै आइरहेको यस सस्थाले हाल अष्ट्रेलिया, क्यानडा, युके, युएसए, आयरल्यान्ड एवं न्युजिल्यान्ड अध्ययन गर्न जाने विद्यार्र्थीहरुलाइ समेत परामर्श दिदै आइरहेको कार्यक्रमका अध्यक्ष एवम् मेट्स इन्टरनेशनल चितवनका प्रमुख प्रकाश पौडेलले बताए ।

हालसम्म मेट्स इन्टरनेशनलले बिश्व भरि नेपाल, भारत, अष्ट्रेलिया, लाओस, फिजि र फिलिपिन्स गरि ६ वटा देशका २१ स्थानमा आफ्नो ब्यवसायिक संजाल फिजाइसकेको उनको भनाई छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू