विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

एटुजेड समाचार

काठामडौँ- अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केही समयअघि सञ्चार माध्यमलाई दिएको विवादास्पद अभिव्यक्ति प्रकरणलाई लिएर उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

आफ्नो समुदायको भावनामा चोट पुर्‍याएको भन्दै तामाङ, मगरलगायतका समुदायका प्रतिनिधिले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

उनीमाथि जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पक्राउ पुर्जी जारी भएसँगै उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्राइम टेलिभिजको अन्तर्वातामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू