कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार : हिक्मत कार्की

एटुजेड समाचार

काठमाडौं– नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेससँग मिलेर नयाँ सरकार बनाउन एमाले तयार रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने बताएका हुन् । देशका ठूला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने उनको भनाई छ ।

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्बहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हालेका हुन्

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू