राजनीतिक उद्देश्यल राजीनामा माग्नु राम्रो होइन: प्रधानमन्त्री दाहाल

एटुजेड समाचार

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक उद्देश्यले मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन् । शुक्रबार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक उद्देश्यका निम्ति प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको बताएका हुन् । स्पष्टीकरणको मौका नदिई राजीनामा नदिए संसद चल्न दिन्नौँ भन्ने संस्कृति राम्रो नभएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले इटालीको रोममा आयोजित संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुँदा देशको कृषि क्षेत्रको मार्ग दर्शन भएको बताए । उनले सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र बंगलादेशबीचको सहकार्य जस्ता विषयमा महत्वपूर्ण छलफल भएको पनि बताए । बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न इच्छुक रहेको र आर्थिक अन्तरनिर्भरताको लागि यो महत्वपूर्ण हुने उनको भनाइ छ । प्रधानमन्त्री दाहालले लम्पी स्किन रोक नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि जनाए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू