आरजुलाई गगनको जवाफ- एनजिओको अनुभव मसँग छैन, यो कार्यकर्ताको विस लिस्ट हो

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूसँग एनजिओको अनुभव नरहेको बताएका छन्। केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले पेस गरेको प्रतिवेदन एनजिओको ‘विस लिस्ट;जस्तो भएको टिप्पणी गरेकी थिइन्।
उनले भनेकी थिइन्, ‘महान्त्रीको प्रतिवेदनमा दूरगामी असर पर्ने या हाम्रो देशलाई हाँक्ने कुरा देखिनँ। म अलिकति अचम्मित पनि भएँ। किन भने महामन्त्रीको प्रतिवेदनमा एउटा राजनीतिक दस्तावेज हुन्छ होला सोचेकी थिएँ। तर उहाँहरूले ल्याउनु भएको प्रस्ताव राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको ‘विस लिस्ट’ जस्तो लाग्यो।’
आरजुलाई जवाफ दिँदै गगनले आफूले प्रस्तुत गरेको प्रतिवेदन कार्यकर्ताको विस लिस्ट भएको प्रस्ट्याए। ‘कितपय साथीले एनजिओको विस लिस्ट भनेर पनि आरोप लगाउनुभयो। एनजिओमा काम गरेको अनुभव मसँग छैन। यो एनजिओको विस लिस्ट पनि होइन। यो नेता-कार्यकर्ताको विस लिस्ट हो,’ उनले भने।
तपाइँको प्रतिक्रिया