ब्लु ब्रिज कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्टरमा कमेडियन दले दाई

चितवन – नारायणगढको ब्लु ब्रिज कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्टरमा कमेडियन सुमन कोइराला ‘दले दाई’ नियुक्त भएका छन् । नारायणगढमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ब्लु ब्रिज कोभिडको समयमा बन्द भएको थियो । दुई महिना अघि नयाँ व्यवस्थापनसहित तीन जना युवा मिलेर उक्त कन्सल्टेन्सी सञ्चालनमा ल्याएका छन् ।
नारायणगढको लायन्स चोकमा रहेको ब्लु ब्रिजले अष्ट्रेलिया र क्यानडा जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै IELTS, PTE का कक्षाहरु सञ्चालन गरी भिसा एप्लाई समेत गर्दै आइरहेको छ ।आज पत्रकार सम्मेलन गर्दै कन्सल्टेन्शीका सञ्चालक कपिल भण्डारीले अहिले विद्यार्थीहरुलाई ५० प्रतिशट छुटमा भाषा कक्षा दिइरहेको जानकारी दिए ।
ब्राण्ड एम्बेष्टर बनेका कोइरालाले नेपालको शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको औंल्याए । व्यवहारिक भन्दा पनि सैद्धान्तिक शिक्षामा जोड दिनु र ब्याचलर पास भइसकेपछि पनि काम नपाइनुले गर्दा अहिले विद्यार्थीहरु विदेश जाने ट्रेण्ड बढ्दै गएको बताए ।
विदेश गए पनि त्यहाँ गएर दुखः पाउने, काम नपाउने लगायतका समस्या भोग्ने गरेको बताउँदै उनले ती समस्या नहोस् भनेर सचेत रहेको ब्लु ब्रीजमा आफू ब्राण्ड एम्बेष्टर बनेको बताए ।
तपाइँको प्रतिक्रिया