भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न

चितवन – भरतपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न हएको छ । चितवन र वरपरका जिल्लाहरूमा रगतको अभावलाई केही हदसम्म भएपनि पूर्ति गर्ने उद्देश्यले नारायणगढ रोटरी क्लब, उद्योग वाणिज्य संघ–चितवन, नारायणगढ रोट¥याक्ट क्लब र स्पाउज क्लब अफ आरसी नारायणगढको संयुक्त आयोजनामा उद्योग वाणिज्य संघ–चितवनको परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
“रक्तदान जीवन दान” भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा १६ जना महिला र ५० जना पुरुष गरी जम्मा ६६ जनाले रक्तदाता गरेको नारायणगढ रोटरी क्लबका अध्यक्ष रोटरियन भोलानाथ लामिछानेले जानाकारी दिए ।
रोट¥याक्ट क्लब अफ वाल्मीकि शिक्षा सदन सहयोगी संस्थाको रूपमा रहेको खुला रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, भरतपुरको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा आयोजक संस्थाहरूको तर्फबाट उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, रोट¥याक्ट क्लब अफ नारायणगढका अध्यक्ष रोट¥याक्टर नविन पोद्दार, स्पाउज क्लब अफ आरसी नारायणगढकी अध्यक्ष पूर्णिमा श्रेष्ठ लगायत नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरू एवम् इन्ट¥याक्ट क्लबका अध्यक्ष सुदिस पौडेलको उपस्थिती रहेको कार्यक्रम संयोजक रोटरियन डाक्टर स्वेता गुप्ताले बताइन् ।
तपाइँको प्रतिक्रिया