लायन्स क्लब अफ चितवन मर्सी राईजद्वारा ठेलागाडा हस्तान्तरण

चितवन – लायन्स क्लब अफ चितवन मर्सी राईजले ठेलागाडा हस्तान्तरण गरेको छ । क्लबले भरतपुर महानगरपालिका वडा नम्बर १० मा सडको छेउमा मकै पोलेर जिविकोपार्जन गरिरहेकी विपन्न श्रमिक महिला बबिता थापा मगरलाई व्यापार गर्न सहज होस् भनि ठेलागाडा हस्तान्तरण गरेको हो ।
अस्ट्रेलिया रहेकी बिष्णु पौडेलको जन्म दिनको अवसरमा क्लबको चार्टर कोषाध्यक्ष ओममाया तामाङ्गको सहजिकरणमा करिब ३० हजार मुल्य बराबरको उक्त ठेला हस्तान्त्रण गरिएको कल्बका संस्थापक अध्यक्ष रुपा पियाले जानाकारी दिइन् ।
क्लबले यस भन्दा अघी पनि अपाङ्ग भएका व्यक्तिहरुलाई ह्विलचियर, दृष्टिबिहिन बालबालिकाहरुलाई ह्याईट बोर्ड, आश्रमका बालबालिकाहरुलाई ड्रेस लगाएत विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी डिस्टिक गभर्नल आर्यन महतो, डिस्टिक गभर्नल अन्य सदस्यहरु, चितवन मर्सी राईजका अध्यक्ष, उपाध्यक्ष, अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया