प्रदेशस्तरीय मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिता आजदेखी भरतपुरको कवर्डहलमा शुरु

चितवन – चितवन जिल्ला खेलकुद विकास समितिको आयोजना र चितवन जिल्ला ब्याटमिन्टन संघको टेक्निकल सपोर्टमा प्रदेशस्तरीय मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिता भरतपुरको कवर्डहलमा आजदेखी शुरु भएको छ ।
प्रतियोगितामा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका जिल्ला खेलकुद विकास समिती,प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव र कार्यालय प्रमुखहरु प्रतिस्पर्धा गर्नेछन् ।
चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन जिल्ला कार्यसमितिका कार्यालय सचिव राम्जी ढकालले गरेका थिए ।
ढकालका अनुसार प्रदेश भरिबाट १३ जिल्ला सहभागी हुने भनिएता पनि ९ जिल्लाका ९ टिमका १८ खेलाडिहरुले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन् । प्रतियोगिता श्रावण ०७ र ०८ गते चल्नेछ ।
प्रतियोगिताका बिजेताहरुलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भरतपुर महानगरपालिका – १० का वडा अध्यक्ष परमेश्वर खानलले एउटा मान्छे तब स्वस्थ्य मानिन्छ जब उ शारीरिक र मानसिक रुपमा फिट रहन्छ, जसका लागि ब्यायाम चाहिन्छ जुन खेलमा पाइन्छ भन्दै डब्लूएचओको सन्दर्भ जोडेका थिए ।
हरेक व्यक्ती स्वस्थ्य रहन कुनै न कुनै खेलमा सहभागी हुन जरुरी रहेको समेत बताए । अध्यक्ष खनालले खेलकुदको विकासका लागि वडा तवरबाट सधै साथ, सहयोग र सकारात्मक पहल रहने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष उत्तम गुरुङले प्रदेशमा रहेका सबै जिल्लालाई खेलकुदमय बनाउन र सबै जिल्लाका पदाधिकारीहरुमा भाईचाराको सम्बन्ध विकास गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिदै खेलकुद क्षेत्रको संरक्षण र विकासमा सधै साथ दिने भरतपुर महानगर प्रमुख रेनु दाहाल लगायत वडा तहका जनप्रतिनिधिहरु सबैलाई धन्यवाद ब्यक्त गरे ।
चितवन जिल्ला खेलकुद विकास समिती सदस्य कल्पना थापाले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिईन् भने चितवन जिल्ला ब्याटमिन्टन संघका नवनिर्वाचित अध्यक्ष बुद्धि चौधरी, भरतपुर महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठ र १३ वटा जिल्ला खेलकुद बिकास समितीका तर्फबाट धादिङ जिल्लाका अध्यक्ष प्रताप सिंह तामाङले शुभकामना मन्तब्य राखेका थिए ।
तपाइँको प्रतिक्रिया