पपुलर युनिसेक्स सैलुनले शुभारम्भको १० वर्ष पूरा गर्यो, ३० जनालाई निशुल्क तालिम दिने

भरतपुर – पपुलर युनिसेक्स सैलुनले आफ्नो सेवा शुभारम्भको १० वर्ष पूरा गरेको छ । भरतपुरको चौबीसकोठिबाट सेवा शुभारम्भ गरेको सैलुनले अहिले सिजि ल्याण्डमार्कको तेस्रो तल्लाबाट सेवा दिइरहेको छ । १० वर्ष पूरा गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरि सैलुनका संचालक शुलभ सिग्देलले भरतपुर महानगरपालिका भित्रका ३० जना युवाहरुलाई निशुल्क हेयर कटिङ्ग तालिम दिने जानकारी गराएका छन ।
तालिम लिएका प्रशिक्षार्थीहरुले महानगरपालिका भित्रका १५ वटा सरकारी स्कुलका १०० जना विद्यार्थीहरुको निशुल्क कपाल काट्नु पर्नेछ त्यसपछि मात्र उनिहरुले सर्टिफिकेट पाउने छन् संचालक सिग्देलको भनाइ छ ।
उनी भन्छन् , स्वदेशमा रोजगारी सृजनागरी युवाहरूलाई बिदेश जानबाट रोक्नु हामी सबैको दायित्व हो । यस्ता प्रकारका तालिमले बेरोजगार युवाहरुलाइ स्वरोजगार बन्न मद्धत पुग्छ भन्ने लाग्छ ।उनका अनुसार,पपुलर युनिसेक्स सैलुनले हालसम्म ३ हजार भन्दा बढी युवाहरूलाई तालिम दिइसकेको छ ।२२ जना युवाहरू प्रत्यक्ष रुपमा स्वदेशमा नै स्वरोजगार छन् , कोहि बिदेश गएर सीप अनुसारको काम गरिरहेका छन् ।
सैलुनले सामाजिक उत्तर दायित्व अन्तर्गत ” स्कुलमा सैलुन ” नामक अभियान चलाएको छ । जस अन्तर्गत कालिका नगरपालिकामा रहेका ३ वटा बिद्यालयका १५० जना विद्यार्थीहरुको निशुल्क कपाल काटिसकेको छ ।
सैलुनमा ४५ दिनदेखी ६ महिना अवधीसम्मको २० हजारदेखी ५० हजार लागतसम्मको कोर्ष लिन सकिन्छ भने विदेश जान चाहनेहरुका लागि स्पेशल कोर्ष समेत रहेको संचालक सिग्देलको भनाइ छ ।
तपाइँको प्रतिक्रिया