मारवाडी महिला मंच नारायणगढको ” टक शो ” कार्यक्रम सम्पन्न

भरतपुर – मारवाडी महिला मंच नारायणगढको आयोजनामा मोटिभेशनल ” टक शो ” कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम सिएमटी रिसोर्ट भरतपुरमा सप्पन्न भएको हो ।
एक रुपैयाँ पनि खर्च नगरी स्कुटरमा २०३५६ किलोमीटर एक्लै यात्रा गर्ने पहिलो महिलाका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भारतिय महिला नितु चोप्रा कार्यक्रमकि कि नोट स्पिकर थिइन भने कार्यक्रमको नाम ” डरको डराओ, डरिङ्ग बन जाओ ” राखिएको थियो ।
कि नोट स्पिकर नितु चोप्राले आफ्नो यात्राको दौरानमा भोगेका समस्या र एक्लैले गरेका समाधानका प्रयत्नहरुलाई कलात्मक तवरले प्रस्तुत गर्दै महिलाहरूले जे पनि गर्न सक्छन् , जस्तोसुकै परिस्थितिको सामना गरि लक्ष्य हासिल गर्न सक्छन, डर सङ्ग डराएर होइन, डरलाइ नै डराउन दिने एक साहसी बन्न सकिन्छ भन्ने कुरालाई चित्रण गरेकी थिइन ।
मारवाडी महिला मंच नारायणगढकी अध्यक्ष शिलु सरावगीको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रम स्वाती अग्रवालले संचालन गरेकी थिइन । कार्यक्रममा द आर्ट अफ लिभिङ्ग चितवन, नारायणगढ महिला जेसिस, इनरह्विल भरतपुर डिभाइन, लायन्स क्लब अफ नारायणगढ सन्जिवनी, मारवाडी सेवा केन्द्र लगायतका सस्थाका करिब १०० जना भन्दा बढी महिला एवं पुरुषहरुको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया