नेपाल पत्रकार महासंघ चितवनको ताला खुल्यो

चितवन – नेपाल पत्रकार महांसघ चितवनमा लगाईएको ताला खुलेको छ । सदस्यता नविकरणका बिषयमा विमती जनाएर लगाईको ताला, आज (बुधबार) वार्ता र सहमतीबाट खुलाईको हो ।
प्रेस चौतारी चितवन र समाजवादी प्रेस संगठन चितवनले गत असार २३ गते शाखा सदस्यहरुको नविकरण र नयाँ सदस्यहरुको नामावली सार्वजनिक गरिएको सम्बन्धमा असहमती जनाउँदै ताला लगाएको थियो ।
आज प्रेस चौतारी चितवन, प्रेस युनियन चितवन, प्रेस सेन्टर चितवन, समाजवादी प्रेस संगठन चितवन र पत्रकार महासंघ चितवनको सहमती अनुसार जिल्लामा रहेका कृयाशिल नविकरण गर्न छुटेका सदस्यहरुलाई थप गर्ने सहमतीमा ताला खुलाईएको हो ।
तपाइँको प्रतिक्रिया