चितवनमा पिसिएल नर्सिङ पढाउन भरतपुर सामुदायिक हस्पिटलले पायो स्वीकृति

भरतपुर चितवनमा पिसिएल नर्सिङ पढाउन भरतपुर सामुदायिक हस्पिटलले पायो स्वीकृति पाएको छ । भरतपुर सामुदायिक हस्पिटल लिमिटेडले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को मेडिकलतर्फ पिसिएल नर्सिङ पढाउन स्वीकृति पाएको हो ।
प्राइभेट हस्पिटल एसोसिएसन अफ नेपाल (अफिन) चितवनले चितवनमा एउटामात्र भरतपुर सामुदायिक हस्पिटलले मात्र पिसिएल नर्सिङ पढाउने जनाएको छ । अफिनका सचिव विक्रम अधिकारीले कुनै समय वर्षको करिब ५०० नर्स उत्पादन गर्ने चितवनले अब वर्षमा ४० जना उत्पादन गर्ने बताए ।
उनले भने, ‘चिकित्सा शिक्षा आयोगको कार्यविधि नै यस्तो बनेपछि के गर्ने ? अस्पतालहरुमा नर्सको अभाव देखिन थालिसकेको छ ।
उनले भने, ‘यो चितवनको मात्र समस्या होइन, देशकै समस्या हो । अब नर्स पढ््न देशबाहिर जानुपर्ने अवस्था सिर्जना भएको छ ।’ १०० शøयाको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने ऐन बनेको छ ।
एकातिर यस्तो ऐन बनेको छ भने अर्कोतिर चिकित्सा शिक्षा आयोगकको कार्यविधिमा एक सय बेडका अस्पतालहरुले बिएन बिएस्सी चलाएको भए पिसिएल नर्सिङ पढाउन नपाउने कुरा उल्लेख गरेको छ । जसले गर्दा चितवनका भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, नयाँ मेडिकल कलेज, क्यान्सर अस्पतालजस्ता ठूला अस्पतालहरुले बिएस्सी, बिएन चलाएको हुनाले पिसिएल नर्सिङ पढाउन नपाएका हुन् ।
भरतपुर सामुदायिक हस्पिटल लिमिटेडका म्यानेजर रघुनाथ सापकोटाले ऐन संशोधन गरेर भए पनि पिसिएल नर्सिङ पढाउने संस्थाहरुलाई स्वीकृत दिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘नर्सिङ जति विदेश गएर सकिरहेको अवस्थामा उत्पादन भएन भने के हालत होला ? ऐन संशोधन गर्न ढिला गर्न नहुने उनको भनाइ छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले मेडिकलतर्फ नर्सिङ अध्ययन शुल्क वृद्धि गरेको छ । नर्सिङको शुल्क डेढ लाखले वृद्धि गरिएको सिटिइभिटीको सूचनामा उल्लेख छ । अब नर्सिङ पढ्न छ लाख २४ हजार दुई सय ३० रूपैयाँ लाग्ने भएको छ । यसअघि नर्सिङको शुल्क चार लाख ७५ हजार रहेको थियो ।
तपाइँको प्रतिक्रिया