चितवनमा २७ बर्षिय महिला झुण्डिएको अवस्थामा मृत फेला

चितवन – चितवनमा २७ बर्षिय महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । आज (सोमबार) १२:४० बजेको समयमा चितवनको राप्ति नगरपालिका ५ घर भई हाल रत्ननगर नगरपालिका ६ बस्ने सृजना मिजार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
उनी रत्ननगर ६ मोनालिषा होटल अगाडि हरिभक्त घिमिरेको घरमा डेरामा किराना पसल तथा चिया पसल संचालन गरि बस्दै आएकी थिईन् । मिजार हिजो राती पसल बन्द गरेर सुते पछि आज अहिले सम्म पसल नखोले पछि स्थानिय, जनप्रतिनिधि र प्रहरीको रोहवरमा पसलको सटर खोली हेर्दा जस्ता र फलामको पाइपको छानो भएको आफ्नै पसलको छानोमा फलामको पाइपमा सलको पासो लगाई झुण्डि मृत्यु भएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उक्त स्थानमा प्रहरी खटी मुचुल्का उठाउने कार्य भइरहेको र उनको के कारणले मृत्यु भएको हो भन्ने बारे प्रहरिले अनुसन्धान गरिरहेको चितवन प्रहरिको भनाई छ ।
तपाइँको प्रतिक्रिया