‘भारत ए’विरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडौं – कप्तान रोहित पौडेलले ‘भारत ए’विरुद्ध अर्धशतक प्रहार गरेको छ। श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ कपको दोस्रो खेलमा पौडेलले भारत एविरुद्ध अर्धशतक प्रहार गरेका हुन्।
पौडेलले ६८ बलमा ६ चौकासहित ५० रन बनाएका हुन्। टस जितेर ब्याटिङ रोजेको नेपालले ३१ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १२३ रन बनाएको छ। नेपालका लागि ओपनर कुशल भुर्ते शून्य रनमै आउट हुँदा आशिफ शेख ७ रन बनाएर पेभेलियन फर्किएका थिए।
त्यस्तै देव खनालले १७ रन बनाउँदा भीम सार्कीले ४ र कुशल मल्ल शून्यमै आउट भएका थिए। पाकिस्तान एविरुद्ध ७५ रन बनाएका सोमपाल कामी १४ रन बनाएर आउट भए।
पहिलो खेलमा नेपाल पाकिस्तान एसँग ४ विकेटले पारजित भएको थियो।
तपाइँको प्रतिक्रिया