नेसपा चितवनको बृक्षारोपण कार्यक्रम सम्पन्न

चितवन – नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यक्रम “संगठन निर्माण तथा बिस्तार अभियान “ को देशब्यापी रुपमा बृक्षारोपण गरेर उद्घाटन गर्ने कार्यक्रम अनुरूप आज चितवनमा पनि अभियानको उद्घाटन सम्पन्न भएको छ । चितवनको बि पी कोईराला मेमोरियल क्यान्सर अस्पताल परिसर भित्र सम्पन्न कार्यक्रम नेपाल समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा चितवनका अभियानका संयोजक श्री महेन्द्र कुमार श्रेस्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भऐको थियो !
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इंचार्ज पदम बहादुर गुरुङ , केन्द्रीय सदस्य बसुन्धरा सापकोटा , पार्टीका बागमती प्रदेश सदस्यहरू , लगायत जिल्ला पार्टीका सदस्यहरूको उपस्थिति थियो । बृक्षारोपण पस्चात कार्यक्रमका प्रमुख अथिति र कार्यक्रमका सभापति तथा पार्टीका जिल्ला अध्यक्ष सुरेश ढकालले अहिलेको जलवायु परिवर्तनले असर परिरहेको अवस्थामा बृक्षारोपणको महत्वको बारेमा र पार्टीले संचालन गरेको संगठन निर्माण तथा बिस्तार अभियानको बारेमा प्रकास गरेको थिऐ !
साथै पार्टीले संचालन गरेको अभियानमा सक्रिय भएर लाग्न जिल्लाका पार्टीका सदस्यहरूलाई निर्देशन पनि दिऐका थिऐ !
तपाइँको प्रतिक्रिया