एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरू

काठमाडौं – नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक सुरू भएको छ । बैठक कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुने बताइएको छ। पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमा समेत छलफल हुनेछ । बैठक भोलिसम्म चल्ने पार्टीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया