माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च स्तरीय टोली नेपाल आउँदै

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का उच्च स्तरीय टोली नेपाल आउने भएको छ। सीपीसीको केन्द्रीय कमिटी बैठकले पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको टोलीलाई नेपाल पठाउने निर्णय गरेको हो।bob wig
human hair wigs
adidas yeezy foam runner onyx
sex toys for sale
cute wigs
best sex toys
women’s human hair wigs
sex toys for sale
nfl jerseys cheap
male sex toys
nike air jordan balck
adidas yeezy foam runner onyx
customized jerseys
nike air max plus
best sex toys
युयानको टोली जुलाई १६ देखि २५ तारिखबीच नेपालसहित अन्य दुई देशको यात्रा गर्नेछ। सो अवधिमा युयानको टोली सिंगापुर र श्रीलंका हुँदै नेपाल आइपुग्नेछ। सिंगापुर सरकार र पिपुल फ्रन्ट पार्टीको निमन्त्रणामा युयानको टोली सिंगापुर र श्रीलंकाको भ्रमण गर्नेछ।
युयानको टोली साउन ७ गते नेपाल आइपुग्ने माओवादीका एक नेताले बताए। नेपालमा रहँदा युयानको टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुका साथै ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने ती नेताको भनाइ छ।
पछिल्लो समय सीपीसी र माओवादी केन्द्रबीचको सम्बन्धमा बढोत्तरी भएको देखिन्छ। केही समयअघि सीपीसीको निमन्त्रणामा पूर्वसभामुखसमेत रहेका माओवादी नेता अग्निप्रसाद सापकोटाको नेतृत्वमा माओवादी नेताहरू चीन भ्रमण गरेका थिए। त्यसलगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाको नेतृत्वमा सांसदहरूको टोलीले पनि चीन भ्रमण गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन चीन भ्रमणको तयारी भइरहेका बेला सीपीसी नेताहरूको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ। प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बरमा हुने भनिए पनि आधिकारिक मिति अझै तय भएको छैन। भ्रमण तयारीका लागि प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री र अर्थमन्त्रीलाई एजेण्डा तय गर्न निर्देशन दिइसकेका छन्। यसबीचमा परराष्ट्र मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासले पनि प्रधानमन्त्री दाहालको भ्रमणबारे आवश्यक तयारी गरिरहेको स्रोतको भनाइ छ।
चीनले प्रधानमन्त्रीका भ्रमणका बेला बिआरआई परियोजना कार्यन्वयनको ठोस खाकाका विषयमा तयारी गरिरहेको बताइएको छ।
तपाइँको प्रतिक्रिया