चितवनमा तीनवटा गाडी ठोक्किदा एकजना घाइते

चितवन, ३१ असार – चितवनमा तीनवटा गाडी ठोक्किदा एकजना घाइते भएका छन् ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जङगलमा आज (आइतबार) तीनवटा गाडी ठोक्किदा एकजना घाइते भएका हुन् ।
कालिका नगरपालिका वडा नं. ६ घर भएका ४६ वर्षीय चालक टेकनाथ वाग्ले घाइते भएका हुन् उनको नयाँ मेडिकल कलेजमा उपचार भइराखेको चितवन प्रहरीका प्रवक्ता विजय पण्डितले जानकारी दिए ।
पूर्वी चितवनको टाडीबाट भरतपुर तर्फ आउदै गरेको प्रदेश ३–०१–००२ च ७९०१ नं.को कार र सोही स्थनबाटै आएको ना १७ च ६८०० नं.को कार नारायणगढबाट टाडी जादै गरेको लु २ च ७१०६ नं.को स्कार्पियो हाईस ठोक्किएको थियो । आइतबार विहान १० बजे तीन वटा सवारी साधन ठोक्किदा ना १७ च ६८०० नं.को कार चालक कालिका नगरपालिका वडा नं. ६ घर वाग्ले घाइते भएका हुन् ।
तपाइँको प्रतिक्रिया