आज माओवादी पार्टी कार्यालय चितवनमा स्व. सीता दाहालको आत्मशान्तिका लागि श्रद्धाञ्जली कार्यक्रम राखिने

चितवन – सम्माननिय प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकि जीवन सङ्गिनी, पार्टी केन्द्रिय सल्लाहकार सीता दाहालको ६९ औं बर्षको उमेरमा हिजो बुधबार बिहान ८:३३ बजे थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।
पार्थिव शरिरलाइ श्रद्धाञ्जलीका लागि केहिबेर पार्टी केन्द्रिय कार्यालय पेरिस डाडामा राखी हिजो नै पशुपती आर्यघाटमा अन्त्यष्टि गरिसकिएको छ ।
स्वर्गीय सीता दाहालको आत्मशान्तिको कामना साथ नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति चितवनको आयोजनामा आज बिहिवार मध्याह्न १२ बजे चितवनको कृष्णपुर स्थित माओवादी पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पणका लागि कार्यक्रम राखिएको जिल्ला संयोजक आर.सी. अधिकारीले जानकारी दिए ।
उपचारका क्रममा काठमाडौं रहेकि सीता दाहाल २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा जन्मिएकी हुन। उनी ८ वर्षको हुँदा नै परिवार सहित चितवन आएदेखि चितवनकै स्थाइ बासिन्दा हुन ।
तपाइँको प्रतिक्रिया