इनरह्विल क्लब अफ नारायणीको पदस्थापन

भरतपुर – इनरह्विल क्लब अफ नारायणीले छैठौँँ पदस्थापन कार्यक्रम क्लबका वर्ष सन् २०२२/२३ का अध्यक्ष शान्ता पोख्रेलको अध्यक्षता एवं डिस्ट्रिक्ट ३५० का अध्यक्ष तुना थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा भरतपुरमा रहेका इनरह्विल क्लब अफ भरतपुर, इनरह्विल क्लब अफ भरतपुर डिभाइन, इनरह्विल क्लब अफ भरतपुर सिटीका अध्यक्षहरु, आइ डब्लु नारायणीका पूर्वअध्यक्षहरु त्था पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्लबले गरेका वर्षभरिका गतिविधिहरुको समीक्षा गर्दै विभिन्न विधामा सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा वर्ष सन् २०२३/२४ का लागि अध्यक्षमा पवित्रा अधिकारीलाई सर्वसम्मत चयन गरिएको थियो ।
तपाइँको प्रतिक्रिया