विवेकशील साझा भरतपुर महानगरका नेता प्रबिन काफ्ले रास्वपा प्रवेश

चितवन – स्थानीय निर्वाचन–२०७९ मा विवेकशील साझा पार्टीबाट भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार बनेका प्रबिन काफ्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।
यसअघि काफ्लेले विवेकशिल साझा पार्टी चितवनका जिल्ला संयोजक रहेर काम गरेका थिए । २०७९ साल चैत १ देखि चैत १६ गतेसम्म १५ दिन उनी भरतपुर यात्रामा निस्केका थिए । पेसाले इञ्जिनियर रहेका उनले भरतपुरका २९ वटै वडाको वस्तुस्थिति बुझेका छन् । मंगलवार फेसबुकमा पोस्ट गर्दै उनले रास्वपालाई विकल्पसहितको नयाँ राजनीतिक दल बनाउन नयाँ विचार, नयाँ संगठन, नयाँ शैलीमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तपाइँको प्रतिक्रिया