काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।
पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।उनका अनुसार बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरिएको छ ।

