चितवन – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रिय निर्वाचनमा सेन्ट्रल कलेजका अध्यक्ष यज्ञ विलास पौडेल ( वाइ वि )ले उपाध्यक्ष पदमा आफ्नो उम्मेद्बारीको घोषणा गरेका छन् ।
विगत १३ बर्षदेखी चितवनको सेन्ट्रल कलेजबाट शैक्षिक परामर्श सेवा शुरु गरेका वाइ वि पौडेल एक सफल व्यवसायि हुन् । उनले काठमाडौं सहित देशका १० स्थानमा आफ्नो शाखा विस्तार गरिसकेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न सामाजिक संस्थाहरुको नेतृत्व सम्हालिसकेका उनी एक कार्यकाल इक्यानको मनोनित विभागिय सदस्य हुदै अर्को एक कार्यकाल चितवनबाट प्रतिनिधित्व गर्ने पहिलो र एकमात्र निर्वाचित केन्द्रीय सदस्य हुन् ।
उनि भन्छन्, युवा जोश र केही गरौ भन्ने हुटहुटी छ, भ्याली बाहिर अर्थात मोफसलमा रहेर काम गरिरहेका सयौं शैक्षिक परामर्श व्यवसायिहरुलाई सहयोग गरि ब्यवसायमा स्थापित गराउने इच्छा छ ।
उनिहरुलाई एकत्रित गर्ने, इक्यानमा आवद्ध नभई छरिएर रहेका परामर्श ब्यवसायिहरुलाई इक्यानमा आवद्ध गराउने, आवश्यक परे परामर्श ब्यवसायिहरुलाई बिदेशमा रहेका कलेज तथा युनिभर्सिटीहरुसङ्ग प्रत्यक्ष रुपमा सम्बन्ध अगाडी बढाई एजेन्सी दिलाइदिन मद्धत गर्ने उनको भनाइ छ ।
विशेषगरि जापानका लागि काम गर्ने परामर्श ब्यवसायी र अष्ट्रेलिया लगायत अन्य मुलुकका लागि काम गर्ने ब्यवसायिहरु बिच केही असमानता पाइरहेको छु यो असमानतालाई मेटाई सबैलाई एकत्रित गराउने समेत बताउदै उनी भन्छन्, त्यसैले पनि मेरो नेतृत्व आवस्यक ठानि मैले उम्मेद्बारी दिएको हु । निर्वाचन यहि असार ३० गते शनिबार काठमाडौंमा हुँदैछ।