सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर

काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार तीन दिनदेखि स्थिर छ । गएको आइतबारदेखि सुनचाँदी एउटै मूल्यमा कारोबार भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आइतबार र सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य पनि स्थिर रही प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।यस्तै, चाँदीको मूल्य समेत तीन दिनदेखि स्थिर छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया