बेल्जियममा पराजुलीको `मोम्चो´को छलफल
भरतपुर – बेल्जियमको एन्टवर्प सहरमा २१० औँ भानुजयन्ती मनाउने क्रममा वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रहको छलफल गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमका अध्यक्ष डिल्ली अम्माईंको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदूतावास बेल्जियमका प्रतिनिधि रमेश गैरैलगायत अनेसास बेल्जियमका पूर्व अध्यक्षहरू विमल गिरी, दीपेन्द्र केसी र परमानन्द सापकोटा अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा अनेसास बेल्जियमका अध्यक्ष डिल्ली अम्माईं, नेपाली राजदूतावास बेल्जियमका प्रतिनिधि रमेश गैरै र उपन्यासकार पंचम अधिकारीले पराजुलीको मोम्चो कथासङ्ग्रहलाई साहित्यानुरागीहरूलाई अर्पण गरेका थिए । सहभागी साहित्यकारहरूले कार्यक्रममा मोम्चोको समीक्षा र विवेचना समेत गरेका थिए ।
सोही कार्यक्रममा गीतकार विमल गिरीद्वारा लिखित ‘सुनाखरी’ हाइकू सङ्ग्रहको पनि विमोचन गरिएको थियो ।
तपाइँको प्रतिक्रिया