गुरुकुल कलेजमा भर्ना खुल्यो

चितवन – चितवनकै पहिलो साइन्स कलेजको रुपमा स्थापित गुरुकुल कलेजमा भर्ना खुलेको छ । भर्खरै एसईई उत्रिण गरी क्याम्पस पर्ढ्ने तर्खरमा रहेका विद्यार्थीहरुका लागि भरतपुर महानगरपालिका ९ शरदपुरस्थित गुरुकुल कलेजमा भर्ना खुलेको हो ।
२८ वर्षदेखि उत्कृष्ट नतिजा दिँदै आएको चितवनकै पहिलो +२ कलेज गुरुकुलले यस पटक पनि सीमित सिटमा भर्ना लिने भएको छ। यस गुरुकुल कलेजमा बायो बिज्ञान, कम्युटर बिज्ञान, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा कक्षा ११ मा नयाँ भर्ना खुल्ला गरिसकेको छ ।
त्यसका लागि कलेजले इन्ट्रान्स परिक्षा खुलाएको छ । यही जेठ २८ गते बिहान ८ बजेबाट इन्ट्रान्स परिक्षा सन्चालन हुने कलेजका विज्ञान संकाय संयोजक हरिहर भुसालले बताए ।
गुरुकुल विगतदेखि नै अभिभावकहरूको पहिलो रोजाइमा परेको सर्वविदित नै छ। यहाँको शान्त वातावरण, गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापले गर्दा विद्यार्थीहरूको आकर्षणको केन्द्र बन्न सफल भएको भुसालले बताए ।
गुरुकुलले हरेक वर्ष उत्कृष्ट नतिजा दिँदै आएको छ । आफ्नो उत्कृष्ट नतिजाको कारण कलेजले अभिभावकको मन जित्न सफल भएको उनको भनाई छ ।
दक्ष एवम् अनुभवी शिक्षकहरूद्वारा प्री मेडिकल र प्री ईन्जिनियरिङ्गका कक्षाहरूसमेत सञ्चालन हुँदै आएको छ । यही कारण यस कलेजमा अध्ययनरत ४०% भन्दा बढी विद्यार्थीहरूले विभिन्न ठाउँमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्।
तपाइँको प्रतिक्रिया