उपप्रमुख अधिकारीद्वारा कारागार चितवनको स्थलगत अनुगमन

एटुजेड समाचार

भरतपुर – भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले आइतबार जिल्ला कारागार चितवनको स्थलगत अनुगमन गर्नु भएको छ । जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीहरु रहेको भन्ने जनगुनासो आएपछि नगर उप प्रमुखले कारागारको स्थलगत अनुगमन गर्नु भएको हो ।

अनुगमनका क्रममा नगर उप प्रमुख अधिकारीले कारागारका कैदीबन्दीहरुसँग अन्तरक्रिया समेत गर्नु भएको छ । अन्तरक्रियामा कैदीबन्दीहरुले क्षमता भन्दा बढी जनशक्ति राख्दा बस्न निकै अप्ठ्यारो भएको नगर उप प्रमुख समक्ष गुनासो गरेका छन् । कारागारको विद्यमान अवस्था, समस्या र समाधानको लागि स्थानीय सरकारको हैसियतले ब्यबस्थापन गर्न म तयार छु, एउटा जिम्मेवार पदमा बसेको जनप्रतिनिधि भएको नाताले पनि कारागारको समस्या समाधान गर्न तर्फ मेरो ध्यान केन्द्रित हुने छ उप प्रमुखले भन्नू भयो । उहाँले कारागारको समग्र स्तरोन्नतिका लागि महानगरपालिकाबाट आबश्यक बजेटको ब्यबस्था गर्ने पनि बताउनु भयो ।

यहाँ रहेका कैदी बन्दीलाई आयआर्जनमा थप टेवा पुर्‍याउने गरि काम गर्न सकिनुको साथै उनिहरुलाई खाली समयको सदुपयोग गर्न सिपमूलक तालिमहरूको ब्यबस्थापन गर्न सकिने उहाँको तर्क छ ।
यसका साथै कारागारको भौतिक अवस्था, खानेपानी, स्वास्थ्य, सरसफाई र कैदीबन्दिको सीपमुलक तालिम लगाएत अन्य बिषयहरुको बारेमा उप प्रमुखले चाँसो र चिन्ता राख्नु भएको छ ।

अनुगमनमा जानु भएका उप प्रमुख सगको भेटमा जेलर कमल प्रसाद आचार्यले कारागारको अवस्था दिन प्रती दिन दयनीय बन्दै गएको बताउनु भयो । कारागारको अवस्था निकै दयनीय छ, स्थानीय सरकारले यसको चासो लिएर पहल गर्दिनका लागि उप प्रमुख समक्ष मेरो अनुरोध छ आचार्यले भन्नू भयो ।

जम्मा ३ सय ४० जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७ सय ५४ जना कैदी बन्दिहरु रहेका छन् । केहि दिन अघि सम्म ८ सय १० जना कैदी बन्दि रहेको उक्त कारागारबाट ४८ जनालाइ भिमफेदी कारागारमा स्थानान्तरण गरेपछि कैदी बन्दिहरुको सख्या घटेर ७ सय ५४ मा झरेको हो । कारागारमा हाल सात सय १ जना पुरुष,४८ महिला, एक जना नावालक र ४ जना नावालिका गरि ७ सय ५४ जना रहेका छन् ।

जिल्ला कारागार भरतपुरमा हाल गैडाको खाग बिक्री मुद्दामा ५६ जना,कर्तव्य ज्यान मुद्दामा ८३ जना,लागु औषध मुद्दामा १७४ जना,डाका मुद्दामा ३८ जना,ज्यान मार्ने उद्योगमा १७ जना,जिउ मास्ने बेच्ने मानव बेचबिखन मुद्दामा १० जना रहेका छन् । त्यस्तै अपहरण तथा शारीरिक बन्धक मुद्दामा ५ जना,चोरी मुद्दामा ७१ जना,सार्वजनिक अपराधमा ८ जना,हातहतियार तथा खरखजनामा ५ जना,काठ चोरीमा २ जना,बाघ सम्बन्धि मुद्दामा १ जना,वन्यजन्तु चोरी शिकारी मुद्दामा पनि १ जना रहेका छन् ।

त्यसैगरी ठगी मुद्दामा २६ जना,गौबधमा १ जना,खोटाचलान मुद्दामा ४ जना,बहुबिबाह मुद्दामा ६ जना,सवारी ज्यान मुद्दामा ५६ जना,आत्महत्या दुरुत्साहनमा ८ जना र जवरजस्ती करणी मुद्दामा १७७ जना रहेको जिल्ला कारागार भरतपुरले जनाएको छ । यसरी हेर्दा सबै भन्दा बढी जवरजस्ती करणी मुद्दामा १७७ जना र लागु औषध मुद्दामा १७४ जना रहेका छन् भने सबैभन्दा कम बाघ सम्बन्धि मुद्दामा १ जना,वन्यजन्तु चोरी शिकारी मुद्दामा १ जना र गौवध मुद्दामा १ जना रहेका छन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू