संसद् चलाउन शीर्ष नेता सहमत, प्रधानमन्त्रीले सम्बोधन गर्ने

एटुजेड समाचार

काठमाडौं – सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच संसद् चलाउने सहमति भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको बैठकले संसद् चलाउने सहमति गरेको हो ।

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने पनि तय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बाह्रखरीलार्य बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू