आदर्श नारी विकास केन्द्रको नयाँ नेतृत्वमा सुवेदी निर्विरोध निर्वाचित
भरतपुर – आदर्श नारी विकास केन्द्रको नयाँ नेतृत्वमा उषा खरेल सुवेदी निर्विरोध निर्वाचित भएकी छन् । संस्थाको (शनिबार) सम्पन्न ३० औं साधरणसभा तथा १४ औं अधिवेशनबाट सुवेदीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएको हो ।
नवगठित समितीको उपाध्यक्षमा शीशा राई मानन्धर, सचिवमा सरिता सुवेदी पाठक, सहसचिव सजना तिमल्सेना र कोषाध्यक्ष लक्ष्मी गुरुङ्ग रहेका छन् । यसैगरि सदस्यहरुमा लक्ष्मी रिमाल, कौशिला खरेल, दुर्गा गौतम, अन्जिता देवकोटा र अनिता बास्तोला चयन भएका छन् ।
संस्थाका अध्यक्ष मीना कुमारी खरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि अन्जनी श्रेष्ठ रहेकी थिईन् । कार्यक्रममा संस्थाको बार्षिक प्रगती प्रतिवेदन सचिव पृथ्वी सुवेदीले र आयव्यय विवरण कोषाध्यक्ष भगवती सापकोटाको तर्फबाट संस्थाका लेखा सहायक अनिता तिवारीले प्रस्तुत गरेका प्रतिवेदन अनुमोदन गरिएको छ ।
सो अवसरमा संस्थाको सदस्य देखि सल्लाहकार भई राष्ट्रको निति निर्माण तहसम्म पुगेकी प्रतिनिधि सभा सदस्य अन्जनी श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अञ्जनी श्रेष्ठले महिलाहरुले चाहने हो भने जस्तोसुकै चुनौतीको पनि सामना गर्न सक्ने साहस भएको बताईन् । चुनौतीका बावजुद पनि संघर्ष जारी राख्नुपर्ने भन्दै उनले संस्थाको भौतिक संरचना निमार्णका लागि सहयोगी बन्ने प्रतिवद्धता व्यक्त गरिन् ।
यस्तै कार्यक्रमा सामाजिक अभियन्ता लायन्स दुर्गालक्ष्मी श्रेष्ठ, संस्थाका सल्लाहकार अधिवक्ता इन्दु कोइराला, अधिबक्ता फुलमाया रानाभाट, आदर्श वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भानुभक्त कडेल लगाएतको उपस्थिती रहेको थियो
तपाइँको प्रतिक्रिया