काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर कारोबार भएको हो । त्यस्तै, चाँदीको मूल्य यसदिन प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार छापावाल सुन तोलामा एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन भने प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।यस्तै, चाँदी आज प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।


