अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा

एटुजेड समाचार

चितवन – पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

नौ घण्टापछि विहान १ः१५ बजेदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह ४ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु