दैलेख – भैँसीको जिउले च्यापिएर दैलेखको नारायण नगरपालिका–१० का वडासचिवको ज्यान गएको छ । वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर ५५ वर्षीय चक्रबहादुर कटुवालको ज्यान गएको हो ।
गम्भीर घाइते हुनुभएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।