चलचित्र आदिपुरुषका लेखक मनोज मुन्तासिरले माफी मागे

एटुजेड समाचार

नयाँ दिल्ली :  चलचित्र आदिपुरुषका लेखक मनोज मुन्तासिरले शनिबार जनतासँग माफी मागेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै माफी मागेका हुन् ।

उनको फिल्मबाट जनताको भावनामा चोट पुगेको हुनाले बिना शर्त माफी मागेका छन् । उनले पहिलो पटक फिल्मका विवादित संवादमा आफ्नो गल्ती स्वीकार गरेका हुन् ।

फिल्म १६ जुनमा रिलिज भएको थियो । विवाद र जनताको विरोधपछि मात्रै फिल्म दुई सातामै हलबाट बाहिरिन थालेको हो । ६०० करोडको बजेटमा बनेको फिल्मले भारतमा २८६.३७ करोड कमाएको थियो । जसमध्ये १४७.२६ करोड रुपैयाँ हिन्दी संस्करणको हो।

 

आदिपुरुषका लेखक मनोज मुन्तासिरको ट्विट

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू