आदर्श पब्लिक सहित चितवनका ५ विद्यालयका ६ विद्यार्थीले ल्याए ४ जिपिए

भरतपुर – आदर्श पब्लिक सहित चितवनका ५ विद्यालयका ६ विद्यार्थीले ल्याए ४ जिपिए
राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार चितवनमा यस बर्ष एसईईको नतिजा गतबर्ष भन्दा सुधार भएको देखिन्छ । शिक्षा विकास समन्वय इकाई चितवनका प्रमुख भुमिलाल सुवेदीले चितवनबाट आदर्श पब्लिक स्कुल भरतपुरका १ जना, नारायणी पब्लिक स्कुल भरतपुरका २ जना, ज्ञानदर्शन बोर्डिङ स्कुल भरतपुरका १ जना, नारायणी नमूना मावि भरतपुरका १ जना र एकता शिशु शिक्षा निकेतन बोर्डिङ स्कुल रत्ननगरका १ जना गरी ५ विद्यालयका ६ जना विद्यार्थीले ४ जिपिए ल्याएका हुन् ।
आदर्श पब्लिक स्कुलबाट प्रशान्त काफ्लेले ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन । यस अघि पनि पटक पटक उत्कृष्ट नतिजा दिन सफल आदर्श स्कुलले शिक्षक, अभिभावक, बिधार्थि सहित एक कार्यक्रमको आयोजना गरि प्रशान्त काफ्ले र ३.९५ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउने अर्कि मेधाबी छात्रा प्रतिका क्षेत्रीलाई सम्मान गर्दै उज्वल भविस्यको कामना समेत गरेको छ।
यस अघि पनि २ पटक उत्कृष्ट नतिजाका साथ जिल्ला टप गर्न सफल भइसकेको छ । भरतपुरबाट ४ जिपिए ल्याउन सफल प्रशान्त काफ्लेले आफूलाई थप जिम्मेवारी थपिएको र भविष्यमा आईटी क्षेत्रमा लाग्ने लक्ष्य रहेको बताए । काफ्लेले आफूलाई यहाँसम्म ल्याउन अहोरात्र खटी शैक्षिक मार्गदर्शनमा पु¥याउने अभिभावक, विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिकाहरु, सहयात्री साथीहरुलाई आभार समेत व्यक्त गर्नुभयो ।
यस बर्ष आदर्श पब्लिक स्कुलबाट १८ जना विद्यार्थीहरु एसईईमा सामेल भएका थिए। कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य शिव के.सी.ले स्कूलबाट एसईई दिने सम्पूर्ण विद्यार्थीहरुको उज्जवल भविष्यको कामना समेत गरेका थिए ।
चितवनबाट यस बर्ष ३.६ देखी ४ जिपिए ल्याउने ६ सय ९५ जना, ३.२ देखी ३.६ जिपिए ल्याउने १५सय ९९ जना, २.८ देखी ३.२ जिपिए ल्याउने १९ सय १७ जना, २.४ देखी २.८ जिपिए ल्याउने २१ सय ४२ जना, २.० देखी २.४ जिपिए ल्याउने २१ सय ४३ जना, यसैगरी १.६ देखी २ जिपिए ल्याउने १६ सय ६७ जना, १.२ देखी १.६ जिपिए ल्याउने ४ सय ७० जना, ०.१ देखी १.२ जिपिए ल्याउने १५ जना रहेका छन् । २०७९ को एसईईमा चितवनबाट १० हजार ८ सय ५४ जनाले परिक्षा दिईएकोमा १० हजार ६ सय ३९ जना पास भएका छन् भने २ सय १५ जना अनुपस्थित भएको देखिन्छ ।
तपाइँको प्रतिक्रिया