चितवन – यहि असार ३० गते हुने नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचनमा चितवन शाखाले २ जनाको उम्मेद्वारी सिफारिस गरेको छ ।
चितवन शाखाका अध्यक्ष समुन्द्र अर्यालको अध्यक्षतामा बैठक बसि केन्द्रमा चितवनबाट दुई जनालाई शाखाको तर्फबाट उम्मेद्वार बनाउने निर्णय गरेको चितवन शाखाका कोषाध्यक्ष प्रज्वल पौडेलले जानकारी दिए ।
उनका अनुसार सह कोषाध्यक्ष पदको उम्मेद्वारमा हेम राज सिग्देल (हरी) र कार्य समिति सदस्य पदको उम्मेद्वार मन्जित ढकालको उम्मेद्बारी सिफारिस गर्ने निर्णय भएको हो ।