नारायणी पब्लिकका दुई विद्यार्थीले ल्याए ४ जिपिए

भरतपुर – नारायणी इङ्लिस पब्लिक स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको सो विद्यालयका विद्यार्थीहरु सन्दीप पौडेल र प्रयुना सुयाँलले ४ जिपिए ल्याएका छन् ।
चितवन जिल्लामा ४ जिपिए ल्याउने विद्यार्थीहरु ६ जना रहेकोमा नारायणी पव्लिकका मात्रै २ विद्यार्थीहरुले ४ जिपिए ल्याएका छन् । चितवन जिल्लामै सर्वोत्कृष्ट नतिजा नारायणी पब्लीकको रहेको विद्यालयले जनाएको छ ।
नारायणी इङ्लिस पब्लिक स्कुलबाट ७९ जनाले एसइइ दिएकोमा सबै उतीर्ण भएका छन् । एसइई दिएका अन्य विद्यार्थीहरुको नतिजा पनि उत्कृष्ट रहेको विद्यालयका प्राचार्य बेदराज न्यौपानेले बताए ।
३.६ देखि ४ ए ल्याउने १९ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने २४ जना २.८ देखि ३.२ जिपिए ल्याउने २७ जना, २.४ देखि २.८ जिपिए ल्याउने ७ जना रहेको प्रधानाध्यापक न्यौपानेले बताए ।
तपाइँको प्रतिक्रिया